ताजा समाचार

संविधान दिवस बहिष्कार गर्दै मन्त्री मातृका यादव

काठमाडौं । सरकारले संविधान दिवस मनाइरहँदा समारोहको आयोजना नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गर्नेछ ।

सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरुले संविधान दिवस मनाइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भने यसको बहिष्कार गर्नेछन् ।

संविधान जारी भएदेखि नै संविधान नस्वीकारेका मन्त्री यादवले यस पालि पनि संविधान दिवस बहिष्कार गर्ने बुझिएको छ । यस विषयमा बारम्बार बोली फेरिरहने मन्त्री यादवले गाउँमा जनताका बीच चर्को रुपमा संविधानको विरोध गर्ने तर त्यही संविधान मानेर अहिले मन्त्री पदमा आशिन रहेकोले गाउँदेखि केन्द्रसम्म आलोचित छन् । हाल आफ्नो पुरानो अडान बिर्सेका मन्त्री यादवले संविधान दिवस मनाउने कि नमनाउने भनी दोधारमा छन् ।

उनको विगत हेर्ने हो भने राजनीतिक अडानदेखि लिएर आफ्नो अभिव्यक्तिमा टिक्न नसकेको उदाहरण जति पनि छन् । संविधानलाई लिएर मन्त्री यादवको विगतको अडानमाथि चर्चा गर्ने हो भने उनको यो अभिव्यक्ति एकपटक पढौँ । “खुनी दमनको बलमा मधेश विरोधी संविधान आउने निश्चित छ ।

मधेशसंग तीन विकल्प छन् – आत्मसमर्पण गर्ने, मुकदर्शक बन्ने र घरघरबाट विरोध गर्ने । विद्रोहको बाटो मात्र मुक्तिको बाटो हो । त्यसैले आश्विन ३ गते मधेश विरोधी संविधानलाई घर घरमा जलाऔँ । सम्प्रदायिक गोर्खाली सत्ता – मुर्दाबाद, मधेशको स्वतन्त्रता- जिन्दावाद ।” अब मन्त्री यादवमाथि प्रश्न उठछ कि आजको मितिमा संविधानप्रति उनको धारणा के हो ? के आज पनि उनी संविधान जलाउने पक्षमै छन् ? यदि हो भने सम्प्रदायिक गोर्खाली सत्ताको हिस्सा बन्न किन पुगे ? विद्रोहको बाटोमा हिँडेर मधेशलाई मुक्ती दिलाउन लागेका यादव आफै कसरी सत्तामा पुगे ? यी र यस्ता प्रश्नहरु यथावत छन् ।

यदी सत्तामै पुग्नुथियो भने हिजो जनतालाई दिग्भ्रमित किन बनाए मन्त्री यादवले ? मधेशका जनताले उनलाई प्रश्न गरिरहेका छन् । मधेश मुक्तिका लागि विद्रोह घोषणा गरेका यादवले मधेशलाई तीन विकल्प दिएका थिए । उनले मधेशलाई दिएको विकल्पमध्ये आफुले कुन रोजे । घर घरमा संविधान जलाउने पक्षमा नरहेका मातृका यादवले कि त मुकदर्शक बन्ने कि त आत्मसमर्पण गर्ने मध्ये एक विकल्प चुनेका हुन् । उनको दोहोरो चरीत्र मधेश र देश दुबैका लागि घातक रहेको आम टिप्पणी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org