ताजा समाचार

अराजक तत्वले परिवर्तन उल्ट्याउन खोज्दैछन, सबै मिलेर प्रतिवाद गराैंः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याउन अराजक तत्वले दिवा सपना देख्न थालेको जनाएका छन् ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै प्रचण्डले त्यस्ता तत्वलाई प्रतिवाद गर्दै एकतावद्ध हुन अपिल समेत गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना वक्तव्य निकाल्दै प्रचण्डले भनेका छन, ‘ जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन् । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

संविधानले नेपाली जनताको अधिकारको सुनिश्चितता गरेको भन्दै प्रचण्डले सबैमा संविधान दिवसलाई भव्य रुपमा मनाउन अपिल समेत गरेका छन् ।

यस्तै, संविधान ल्याउन जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनका सहिद तथा उनका परिवारमा समवेदना व्यक्त गर्दै विकशित नेपालको निर्माण गर्न प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

विज्ञप्तिः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org