ताजा समाचार

प्रधानमन्त्री ओलीको सचिवालयका ६ जनाको राजीनामा स्विकृत, को को परे हेर्नुहोस्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत ६ जनाको राजीनामा स्विकृत भएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा गर्न लगाएका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा मंसिर १ गतेदेखि लागु हुने गरि स्विकृत भएको हो ।

तर, ओलीको सचिवालय टीमका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र पराराष्ट्र सल्लाहकार राजन भट्टराईले भने राजीनामा दिएका थिएनन् ।

प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले चल्न कोजेको भन्दै सचिवालय टीममा आफूलाई सहयोग गर्न अह्वान गरेका थिए । प्रधानमन्त्रीको सचिवालय टिमको हरेक शुक्रबार समीक्षा र कार्ययोजनाका लागि बैठक बस्ने गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org