ताजा समाचार

नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका सुम्पिदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज अध्यक्ष प्रचण्डले कार्यकारी भुमिका निभाउने गरि निर्णय हुने जनाइएको छ ।

लामो समयदेखि एक पद एक व्यक्ति हुनुपर्छ भन्दे नेता माधव कुमार नेपालले राख्दै आएको मतले संभवत आज प्रचण्ड अध्यक्षको कार्यकारी भुमिकामा रहनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारार्थ अमेरिका जाने तयारीका माझ यस्तो निर्णय गर्ने जनाइएको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको आधाआधा सरकारको नेतृत्व गर्ने सहमतिलाई समेत टेवा पुर्याउने गरि प्रचण्डलाई पार्टी अध्क्षको कार्यकारी भुमिका दिन ओली तयार रहेका हुन् ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुबै आफूबाट टाढा राख्न नचाहेपनि परिस्थितिलाई ख्याल गर्दै प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिने अन्तिम स्थितिमा ओली पुगेपछि आज नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

नेकपा स्रोतका अनुसार सचिवालयले निर्नय गर्न नसकेको खण्डमा स्थायी समिति बैठक समेत आह्वान  गर्न सकिने संभावना समेत जिवितै रहेको जनाइन्छ । तर, सचिवालय बैटकमा प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिन असहज परिस्थिति सिर्जना हुन नसक्ने समेत जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org