ताजा समाचार

उद्योगपति रुपज्योति हाजिर जमानतमा रिहा

काठमाडाैं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् ।

उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

ठगी आरोपमा पक्राउ परेका रुपज्योतिविरुद्ध मुद्दा नचलाउने भन्दै हाजिरी जमानतमा रिहा गर्ने निर्णय गरेर काठमाडाैं सरकारी वकिल कार्यालयले प्रहरिलाई पत्राचार गरेको थियो ।

मुद्धाका प्रतिवादीले नै रुपज्योतिविुद्ध मुद्धा नचलाउने व्यहोराको निवेदन दिएपछि हाजिरी जमानतमा छाड्ने निर्णय गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जनाएका छन् ।

उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो। मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि प्रहरीले छोडेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org