ताजा समाचार

अध्यक्ष प्रचण्डसहित माओवादी आन्दोलनका विरोधी नेता थापा प्रधानमन्त्रीको सचिवालयमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सुर्य थापा प्रधानमन्त्री लकेपी शर्मा ओलीको प्रेस सलल्लाहकारमा नियुक्त हुने भएका छन् ।

नेता थापा तत्कालीन प्रेस सल्लाहकार कुन्दन अर्यालको बहिर्गमन पश्चात प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति पाउने भएका हुन् ।

प्रधानमन्त्रीले सचिवालयका सबैलाई राजीनामा गर्न लगाएपनि ६ जनाको मात्रै राजीनामा स्विकृत गरेका थिए । जसमा प्रेस सल्लाहकार कुन्दन अर्याल समेत थिए । उनै अर्यालको स्थानमा नेता थापाले बाजी मार्न लागेका हुन् ।

मंसिर पहिलो हप्ताभित्रै नेता थापाले प्रेस सल्लाहकारको भुमिका निभाउने नेकपा स्रोतले जनाएको छ ।

पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई प्रेस सल्लाहकार नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले गरेका हुन् । बालुवाटार स्रोतका अनुसार थापाले नियुक्ति भने आइतबार नै पाउने संङभावना छ । मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ।

थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन् ।

यद्यपी थापा पूर्वमाओवादी नेताहरु तथा नेकपा अध्यक्ष प्रचण्डको विरोधमा बेलाबेलामा उत्रने गरेका थिए । भने, राष्ट्रिय युवा संघ नेपालका संयोजक लगायतका अन्य माओवादी नेताहरुसँग १० वर्षे जनयुद्धको बारेमा वादविदवादका साथै खुलेर विरोध गर्ने र माओवादीको सत्तोसराप गर्ने नेताको रुपमा समेत चिनिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org