ताजा समाचार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम राष्ट्रिय एकता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले सम्बोधनगर्ने भएका छन् ।

राजधानीको अनुपम फुडल्याण्ड चलिरहेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष र प्रधानमन्त्री आउने जनाइएको छ ।

आज १२ बजे युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको युवा संघ नेपालले जनाएको छ ।

युवा संघ नेपालको केन्द्रिय समितिको सपथ ग्रहण तथा प्रथम पूर्णबैठक सम्पन्न भइसकेको छ भने, उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, संगठन विभाग प्रमुख तथा सचिवालय सदस्य वामदेव गौतम, युवा इन्चार्ज महेश बस्नेत लगाएत नेताहरु उपस्थित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org