ताजा समाचार

`जस्तो भएपनि शासक स्विकार गर्नुपर्ने स्थिति छैन लोकतन्त्रमा जनताले चाहेको शासक चुन्न सक्छन्´

अबको युवा उत्पादन र विकासमा रोलमोडल बन्नूको विकल्प छैन: प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रिय युवा सङ्ह नेपालको प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डी वंशाणुगत शासन प्रणाली उखेलेर फालेको भन्दै लोकतन्त्रमा युवाको भुमिका अहम हुनुपर्ने जनाएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, कुनै समय थियो लोकतन्त्र चाहिन्छ भन्ने र दिन्नौ भन्नेबीच झगडा थियो । जस्तो भएपनि वंशको आधारमा शासन स्विकार गर्नुको बिकल्प थिएन । तर आज लोकतन्त्र छ । हामीसंग शासक छान्ने अधिकार छ । मन परेन र काम गरेन भने निर्वाचनबाट फ्याक्न सकिन्छ ।

हामी प्राकृतिक रुपमा समेत धनी छौ । हामी गौरवपूर्ण गोरखाका सन्तान हौ । हामीले अलिकति दुख खपेर काम गर्न सक्यौ भने र हाम्रा वालवालिकालाई पुर्खाको ज्ञान दिने हो भने मात्रै हामी सम्पन्नशाली बन्न सक्छौ ।

युवालाई प्रक्षिणात्मक मन्तव्य राख्दै प्रधानमन्त्रीले सामाजिक सभ्यतालाई कायम राख्दै नेपाललाई समृद्ध पार्ने बेला आएको जनाए । जनसान्खिक लाभ लिदै छिमेकीहरुको साथ लिएर अगाडी बढ्ने बेला आएको जनाए ।

यस्तै उनले युवाले आत्मविश्वास र उत्पादनसंग जोडिएर आयातलाई प्रतिस्थापन नगरेर मुलुक बन्दैन र व्यापार सन्तुलन कायम हुदैन ।

कृषि, पर्यटन लगाएत उत्पादनमुलक काममा लाग्दै कामलाई माया सम्मान गर्ने युवाको जिम्मेवारी रहेको भन्दै ओलीली युवा उत्पादन र विकासमा रोलमोडल बन्नु आजको आवश्यकता रहेको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org