ताजा समाचार

मलाई प्रधानमन्त्री बन्छु भन्ने कहिल्यै लागेन: प्रधानमन्त्री ओली

हाम्रो जमिन एक इन्च पनि छाड्दैनौ, तपाईहरुको सेना फिर्ता लैजानुहोस: प्रधानमन्त्री

काठमाडौं । युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमी सुरक्षा गर्न सक्षम रहेको भन्दै नेपाली भूमीबाट विदेशी सेना फिर्ता लैजान छिमिकी मुलुकलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूमी एक इन्च पनि नछाड्ने र अर्काको स्वाधिनतामाथि हस्तक्षेप पनि नगर्ने जनाए । उनले नेपाली भूमी मिचिएको र त्यसमा राखिएका सेनाफिर्ता लैजान आह्वान गरेका हुन् । केहि मान्छेहरु अतिरिक्त राष्ट्रवादी बन्न अहिले नै सिमा फिर्ता गर्लान भन्नेजस्तो गर्न खोजेको भन्दै नेकपाको सरकार देशको सीमा सुरक्षा गर्न सक्षम रहेको जनाए ।

यस्तै युवाहरुलाई महत्वकान्क्षी नबन्न आग्रह गर्दै उनले भने, तपाईहरुको पालो आउछ । हामी सय वर्ष त बाच्दैनौ नी । क्षमता, लोकपृयता, सक्षमता वृद्दि गर्नुस तपाईहरुकहां आइपुग्छ । यद्यपि उनले मेडिकल कलेजले लिएक अतिरिक्त शुल्क फिर्ता गर्न सरकार लागिपरेको भन्दै निजी मेडिकल कलेजहरुले यस्ता कुरा बेलैमा ध्यान दिन जरुरी रहेको स्पष्ठ पारे ।

तर, उनले निजी मेडिकल कलेजलाई चेतावनी दिदै नाफामुखी धेरै नबनेर सेवामुलक बन्न आग्रह समेत गरे । उनले सत्य बोल्ने र आर्थिक महत्वकान्क्षि धेरै नबन्न आग्रह गर्दै ओलीले आफुलाई प्रधानमन्त्री हुन्छु भन्ने कहिल्यै नलागेको जनाए ।

हतियार उठाइयो यस्तो नहुने रहेछ भनेर शान्तिको पछाडी लागियो । यसैले हामी आफ्नो कर्ममा विश्वास गर्नुको विकल्प छैन, प्रधानमन्त्रीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org