ताजा समाचार

नेकपाको सचिवालय बैठक, १८ महिनापछि पोलिटब्युरो गठन हुदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको  पोलिटब्यूरो गठन गर्दै छ ।

नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो सदस्य हुने व्यवस्था छ । तर एकता भएको १८ महिना पूरा भइसक्दा पनि अहिलेसम्म नेकपाले पोलिटब्युरो गठनमा पनि पूर्णता पाएको छैन ।

आजको बैठकमा पोलिटब्यूरो गठन हुने सचिवालय सदस्य माधवकुमार नेपालले जानकारी दिए । नेपालले भने ‘आज बस्ने सचिवालय बैठकमा पोलिटब्युरो बनाउने, सबै निकायहरूलाई पूर्णता दिने, प्रवासमा भएका र विदेशमा भएका संगठनको एकताको काम पूरा गर्नेगरी छलफल हुनेछ ।’

विधान अनुसार नेकपाको पोलिटब्युरो कुल केन्द्रीय सदस्यको एकतिहाई १ सय ४७ जना पोलिटब्युरो सदस्य हुने छन् ।

पछिल्लो समयमा नेतृत्वहरू एकल र सामुहिक रूपमा पार्टी र सरकार संचालनको विषयमा छलफल गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org