ताजा समाचार

प्रकाशलाई श्रद्धाञ्जली दिन नेकपाका नेता कार्यकर्ता खुमलटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ ।

२०७४ साल मङ्सिर ३ गते दाहालको हृदयघातबाट निधन भएको थियो ।

स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास खुमलटार पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् । खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् ।

श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org