ताजा समाचार

मन्त्रिपरिषद् पुनर्गठनको पूर्वसन्ध्यामा राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेट

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले राष्ट्रपतिलाई भेटेका छन् ।

मन्त्रिपरिषद् परिवर्तनबारे सरकारी निवास वालुवाटारमा छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेटेका हुन् ।

मन्त्रिपरिषद् परिवर्तन गर्न प्रधानमन्त्रीले तयारी थालेसँगै दुवै अध्यक्षद्वयको भेट बाक्लिएको छ ।

शितलनिवास पुगेर अध्यक्षद्वयले राष्ट्रपतिसँग परामर्श गरेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org