ताजा समाचार

कर्मचारी भेला पारेर मन्त्रीले भने, कि राजीनामा दिनुस नभए म आफै हटाउछु, रुदैँ अदालत नजानुहोला

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

कामको प्रगती विवरणमा उल्लेख्य रुपमा असफल देखिएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिदै मन्त्री भट्टराईले राजीनामा नदिए आफूले हटाउने र रुँदै अदालत नजान समेत भनेका छन् ।

आज बुधबार मन्त्रालय मातहतका कर्मचारीलाई बोलाएर मन्त्री भट्टराईले काममा स्पिड देखाउन नसकेका कर्मचारीलाई हटाउन लागेको भन्दै आफैले बुझेर राजीनामा दिन अग्रह गरेका हुन् । यस्तै, उनले काम गर्न नसक्ने र विवादीत कर्मचारीलाई विदेश जान रोक लगाउन समेत निर्देशन दिएका छन् ।

उता प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सचिवालय बैठक चलाइरहँदा यता मन्त्री भट्टराईले समेत आफ्ना कर्मचारी हटाउन बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्य सम्पादनको आधारमा मन्त्री हटाउन लागेको जनाइदै आएका बेला मन्त्री भट्टराईले आफू मन्त्री बनेको छोटो समय मै राजनीतिक नियुक्तिवाला कर्मचारीहरु हटाउन थालेकाले यसलाई प्रधानमन्त्री ओलीको सिको गर्न खोजिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org