ताजा समाचार

ज्यामी माहुरीजस्तै इमान्दारीतापूर्वक काम गर्ने प्रयास गरेँः गोकर्ण विष्ट

काठमाडाैं । पूर्ण श्रममन्त्री गोकर्ण विष्टले इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको भन्दै सम्पूर्ण सहयोगी, शुभचिन्तकलाई धन्यावाद ज्ञापन गरेका छन् ।

वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु र पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको स्मरण पूर्व श्रममन्त्री विष्टले गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विष्टले मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञ रहेको समेत जनाएका छन् ।

यद्यपी विष्टलाई वैदेशिक रोजगार व्यवसायी र म्यानपावरवालाहरुको दवावमा प्रधानमन्त्रीले मन्त्रीबाट हटाएको आरोप लागेको छ । उनले सामाजिक सुरक्षा योजना, वैदेशिक रोजगार व्यवस्थापन, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका थुप्रै उल्लेखनीय काम गरेका थिए ।

गुटको चेपुवामा परे भन्दा विष्टलाई म्यानपावर र यससँग सम्बन्धित व्यक्तिहरुले नेकपाको उच्च नेतृत्वमाथि डेलिगेसन गरेर चलखेल गर्न सक्षम भएपछि उनको बहिर्गमन निश्चित भएको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org