ताजा समाचार

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएः प्रम ओली

प्रधानमन्त्री भए डिस्चार्ज

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया पश्चात प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मंसिर १० गते पेट दुख्ने समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुन पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि तत्कालै शल्यक्रिया भएको थियो ।

सफल शल्यक्रियापछि १० दिन अस्पतालमा आराम गरेर प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज भएको जनाए ।

उनको घाउ निको हुन केहि समय लाग्ने जनाइएको छ । सरकारी निवास बालुवाटारमा समेत प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org