पीपीएलः बुटवलविरुद्ध चितवनको १ सय १९ रनको शानदार जित
पोखरा । चितवन राइनोजले पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले लगातार दोस्रो जित निकालेको हो ।
चितवनले दिएको २ सय ४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।
चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।
पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाए । रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आरिफ शेखले ४० रन बनाए ।
बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।
जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।
यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
Comments
अरु समाचार
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...
-
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
काठमाडौं । सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’...
-
सुपर फोरमा नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित...