ताजा समाचार

टिपरको ठक्करबाट केशरको मृत्युभएपछि विक्षिप्त बनेकी युवतीले गरिन आत्महत्या

सुर्खैत । वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि विक्षिप्त बनेकी युवतीले आत्महत्या गरेकी छन् ।

टिपरको ठक्करबार मंगलबार कालिकोटको महावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको मृत्यु भएपछि कालिकोटकी अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तका अनुसार शाही झुण्षिएको अवस्थामा फेल परेकी हुन् तर, उनको ती युवासँगको सम्बन्धबारे भने अहिले नै भन्न नसकिने उनले जनाए । यसबारे प्तहतीले थफ अनुसन्धान गरिरहेको जनाइएको छ ।

‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) पन्तले भने, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

पन्तका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन ।

मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा केशरको मृत्यु भएको थियो भने मंगलबार दिनभर वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org