ताजा समाचार

बिहेको आश्वासन दिएर एक महिना यौन शोषण गरेपछि कुटेर घर निकाला

दाङ । जबर्जस्ती करणी गरेको अभियोगमा फरार रहेका तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जबर्जस्ती करणी भन्दै दाङकाे तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका शमीर वलीवरुद्ध मुद्दा दर्ता भएलगत्तै भागेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

वलीविरुद्ध आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफूसँग राखेर यौन शोषण गरेका थिए ।

त्यसपछि ती किशाेरीलाई वलीले कुटपिट गरी घर निकाला गरेका हुन् ।

यस विषयमा प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि उनी पक्राउ परेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org