ताजा समाचार

न्यायको लडाइँ जितेर आए, देशकाे स्वाधीनता र स्वतन्त्रताका पक्षमा सधैं लडिरहनेछुः महरा (विज्ञप्ति)

काठमाडौं।  पूर्वसभामुख कृष्णबहादुर महराले आफूले न्यायको लडाइँ जितेको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका छन्।

 

डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गर्दै महराले आफूमाथिको आरोप गलत सावित भएको बताएका हुन्। वक्तव्यमा महराले भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

महराले आफूप्रति शुभेच्छा राख्ने सबैप्रति धन्यवाद दिएका छन्। उनले स्वाधीनताको लडाइँमा आफू निरन्तर लागिरहने प्रतीज्ञा पनि गरेका छन्। विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org