ताजा समाचार

देशका अधिकांश ठाउँमा बिहानैदेखि वर्षा, आज दिनभर मौसम नखुल्ने

काठमाडाैँ ।   पश्चिमी न्युनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी परिरहेको छ।

शनिबार दिउँसो पनि पानी पर्ने क्रम रहने जल तथा मौमस विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद राजु प्रधानाका अनुसार शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने छ। धेरैजसो उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ।

काठमाडौं उपत्यकामा शुक्रबार राति पनि पानी परेको थियो। राति २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तपाक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org