ताजा समाचार

स्वास्थ्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण, सरकार कसका लागि ? : डिला संग्रौला

- न्युज–नेपालकाठमाडौं

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाले कोभिड–१९ को शंका देखिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने भन्ने अभिव्यक्तिप्रति कांग्रेस सांसद डा.डिला संग्रौलाले कडा प्रतिक्रिया जनाएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा.संग्रौलाले सो प्रतिक्रिया  जनाएकी हुन् ।

डा.संग्रौलाले भनिन् , ‘क्वारेन्टाइनमा जनता आफैं बस्नुपर्ने, आइसोलेसनमा आफैं बस्नुपर्ने भनेर सरकारले राख्न सक्दैन भनेर स्वास्थ्यमन्त्रीलाई गैर–जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन।’

कोभिड–१९ को त्रासले औषधि, ग्यास, मास्क, सेनीटाइजरको अभाव भएको बताउँदै डा.संग्रौलाले कोभिड–१९ विरुद्ध कसरी लड्ने ? त्यसतर्फ सरकारले जनतालाई आश्वास्थ पार्नुपर्ने बताइन् ।

उनले सिंहदरबारको कुर्सीमा बसेर राप र तापमा रमाउनेहरूले जनतालाईविकास र समृद्धि दिन नसकेको पनि बताइन् । भ्रष्टाचार गर्नेहरूलाई सरकारले कारवाही गर्न नसक्नु मुलुकको विडम्बना भएको डा.संग्रौलाको भनाइ छ ।

त्यसैगरी डा.संग्रौलाले पूर्वाधार विकासको नाममा सरकारले कर बढाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । कर बढाउँदा जनता मारमा परेको बताउँदै डा.संग्रौलाले धनीको लागि पोषण, शोषण भएको बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org