राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोना परीक्षण विश्वसनीय छ:डब्लूएचओ
चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेकाछन्
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा नोभले कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको र परीक्षणमा चिकित्सकको टोलीद्वारा उच्चस्तरीय दक्षता प्रदर्शन गरेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्थासम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालकोले कोभिड-१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।
यस अवधिमा डा. आशक्रोफ्टले नेपालको जनस्वास्थ्य प्रयोगशाला उपकरण सम्पन्न भएको र उच्चस्तरीय दक्ष टोलीले कोरोना परीक्षण गरिएको पाएको विज्ञप्तिमा जनाइएको छ । नेपालमा गरिएका परीक्षणका नतिजाहरु एकदम सही भएकोसमेत विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी तत्काल थप परीक्षण क्षमता बढाउनुपर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोभिड-१९ विशेष परीक्षण केन्द्रका रुपमा स्थापना गर्नुपर्ने आशक्रोफ्टले सुझाव दिएका छन् । त्यसैगरी डब्लूएचओ नेपालले नेपालका कोभिड-१९ को सामना गर्न सधैं सहयोग गर्नेसमेत प्रतिबद्धता जनाइएको छ ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...