ताजा समाचार

प्रहरीले ल्यायो रेस्क्यू तथा एरेस्टेड उपकरणः लकडाउनको समयमा हिड्नेलाई नछोइ समात्ने

काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट बच्ने एक उपाय हो सामाजिक दुरी कायम गर्नु।

यतिखेर धेरै जसोले समाजिक दुरी कायम गरिरहेका छन्। तर सडकमा खटिएका प्रहरीले कसरी सामाजिक दुरी कायम गर्लान्? सबैभन्दा मार्का प्रहरीलाई परेको छ। सरकारले लकडाउन गरेर घरमा बस्न निर्देशन दिएको छ।

तर प्रहरी भने सडकमा खटिनुपरेको छ। यस्तो अवस्थामा प्रहरीले कसरी सामाजिक दुरी कायम गर्ला?  कुनै पनि मानिसले नियमको उल्लाङ्घन गरे उसलाई समात्नु त पर्ला? ल समात्न पनि हातमा पञ्जा लगाएर होला तर नजिक त जानै पर्‍यो। अनि कसरी हुन्छ सामाजिक दुरी कायम?

त्यस्तै प्रहरीले नियन्त्रणमा लिनको लागि सामाजिक दुरी कायम गर्ने गरि एक उपकरणको प्रयोग गर्न थालेको छ। प्रहरीले रेस्क्यू तथा एरेस्टेड उपकरण ल्याएको छ। ‘यो कोरोनाको संक्रमणबाट जोगिन प्रयोग भएको उपकरण हो।’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

परिसरले अहिले दुईवाट टोली बनाएर लकडाउन उल्लङघन गर्नलाई नियन्त्रणमा लिने गरेको छ। अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनालाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए।

यस उपकरणको सहयोगमा प्रहरीले कुनै पनि मानिसलाई नियन्त्रणमा लिन उसको नजिक पुग्नु नै पर्दैन। करिव एक मिटरको दुरीमा रहेर यसको सायताले मानिसलाई नियन्त्रणमा लिन सकिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org