ताजा समाचार

पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

थप अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट अनुमति पाएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उपाध्यायविरुद्ध ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालको दावी छ ।

प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।

यता, नेपाली काँग्रेसले पूर्वसचिव उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको भन्दै विरोध समेत गरेको छ ।

सो पार्टीले बनाएको छाया सरकारका सूचना तथा सञ्चार मन्त्रालय संयोजक बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org