आज पनि देशभर बदली, हावाहुरी/चट्याङ/वर्षाको सम्भावना
काठमाडाैँ । आज (सोमबार) पनि देशैभर मौसम बदली भएको र हावाहुरी/चट्याङ/असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको छ र आज दिनभर मौसम यस्तै रहनेछ।
‘बीच-बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’
उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।
‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–
‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाे छ।
यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्याङ र असिनासहितकाे वर्षा भइरहेकाे हाे।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा २.६ मिलिमिटर वर्षा भएकाे माैसमविद् मानन्धरले जानकारी दिइन्। अन्य ठाउँकाे विवरण भने आउन बाँकी रहेकाे उनले बताइन्।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?
काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...
-
आजको राशिफल: २०८१ वैशाख २४ गते सोमवार
मेषः मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि...