सीमा विवाद समाधान कूटनीतिक तहबाटै होस् : गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयको कूटनीतिक तहबाट विवाद समाधान गर्नुपर्ने बताएका छन् ।
उनले ६ दशक अघिदेखि नै झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको बताउँदै अहिले मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको जानकारी दिएका थिए ।
‘भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको छ । यससम्बन्धमा यसको विरुद्धमा विभिन्न ठाउँमा आवाज पनि उठाएर आन्दोलन पनि भयो,’ उनले भने, ‘यो समस्या उत्पन्न भएको छ त्यो समस्या नयाँ होइन । भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका निम्ति नेपाली जनता र नेपाल सरकारले आवाज उठाउँदै आएका छन् ।’
बैठकमा गृहमन्त्री थापाले गतवर्ष भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमिलाई पनि आफ्नो दाबी गरेपछि त्यसविरुद्ध पनि नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गराएका थिए ।
‘अहिले पनि मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको छ । यो विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्दै आएको हो,’ उनले भने, ‘अहिले पनि कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ भन्दै आएको छ । अहिले नेपाली जनताले पनि त्यो कुरा भन्दै आएका छन् ।’
उनले सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने भन्ने तयर भएको छ जानकारी दिए। यस्तै सो क्षेत्रमा बाटो पनि नभएकाले बाटो निर्माण कार्य पनि चलिरहेको उनले बताए ।
१५ मे २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरूबीच भएको सम्झौताको २८ औं बुँदामा लिपुलेक भएर चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक निर्माण गर्ने र त्यसलाई दुई देशबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...