ताजा समाचार

नागढुंगामा डाक्टरलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै एक हुल युवाले डा. कार्की सवार गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए ।

चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक उत्तम कार्की भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंकै चन्द्रागिरिबाट पक्राउ गरिएको छ । चिकित्सकलाई दुर्व्यवहार गरेको भिडियो उनी आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गएमा जोकोहीलाई पनि पक्राउ गरि कानुनी दायरामा ल्याइने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org