प्रधानमन्त्रीले बालुवाटारमा बोलाए विज्ञलाई, लकडाउनको मोडालिटी फेरिँदै
काठमाडौं । चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्।
लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका छन्। ‘यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ।
त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ’, थापाले थाहाखबरसँग भने, ‘छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ। थापाका अनुसार प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरुसँग समीक्षा गर्ने छन्।
‘लकडाउनको मोडालिटीमा पनि छलफल हुनेछ। सरकारले कोरोना संकटविरुद्ध जुध्न नयाँ रणनीति बनाइरहेका बेला विज्ञसँगको छलफलले केही निचोड दिनेछ’, उनले भने, ‘लकडाउनले अर्थतन्त्रमा पारेको प्रभाव, भोलिको जोखिम र असरबारे पनि कुरा हुनेछ। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा विज्ञ समूहसँग छलफल गर्ने बताउनु भएको थियो। त्यसको सुरुवात भएको छ।’ यो छलफलका लागि डा. लोचन कार्की, स्वर्णि वाग्ले र डा. भगवान् कोइरालासहितलाई बोलाइएको छश। यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप फेर्ने तयारी गरिसकेको छ। गत मन्त्रिपरिषद् बैठकले पनि लकडाउनको स्वरुप फेर्ने जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई दिएको छ।
समितिले विदेशबाट ल्याउने नागरिकका लागि मापदण्ड बनाइसकेको छ भने लकडाउनको मोडालिटी फेर्नेबारे पनि छलफल अघि बढाइहरेको छ। लकडाउनको स्वरुप फेर्ने तयारीसँगै पोखरेल नेतृतवको उच्चस्तरीय समितिले आवश्यक छलफल थालिसकेको छ। केही दिनयता काठमाडौंसहितका व्यापारीहरुले लकडाउनविरुद्ध प्रदर्शन गरिरहेका छन्। बजेटले राहत नदिएको भन्दै असन्तुष्ट रहेका निजी क्षेत्र अब लकडाउन हटाउनै पर्ने अडान लिएका छन्। उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लकडाउन तत्काल हटाउनै पर्ने अडान लिएका छन्। लकडाउन पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि थपिएको छ
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...