ताजा समाचार

संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

काठमाडौं। प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ।

आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने  कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ।  सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।  जनता समाजवादी समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन्। त्यो संशोधन विधेयकको मूल मर्म नै खारेजीमा केन्द्रीत छ। गिरिले राष्ट्रहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भैरहेको छ।

संविधान संशोधनका पक्षमा विपक्षी पनि एकै ठाउँमा उभिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। त्यस्तै अर्को दल समाजवादी जनतापार्टीले पनि संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निदेर्शन दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org