ताजा समाचार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो कन्फ्रेन्स हुँदै

अध्यक्ष प्रचण्डसहितका नेता सहभागी हुने

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) बीच पार्टी तथा देश कसरी संचालन गर्ने भन्ने बारेमा आज भिडिओ कन्फरेन्स हुँदैछ।

भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष प्रचण्ड र उप-प्रधानमन्त्री सहित करिब सय जना पार्टी नेताहरू सहभागी हुनेछन्।

दुई पार्टीकाबीच अनुभव र विचार आदानप्रदान हुने सो भिडिओ गोष्ठी नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले संयूक्त रूपमा आयोजना गर्न लागेका हुन्।

नेपालमा नेकपाका करिब सय नेताले १५ समूह बनाएर कन्फ्रेन्समा भाग लिनेछन्।

भिडिओ कन्फरेन्स अपरान्ह ४ बजेबाट सुरू हुने जनाइएको छ।

सिपीसीका तर्फबाट अन्तराष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुने नेकपा स्कुल विभाग प्रमुख एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलका स्वकिय सचिव दिपेन्द्र श्रेष्ठले बताए।

नेपालबाट १५ वटा कम्प्युटर र चीनबाट ५ वटा कम्प्युटर मार्फत कुराकानी हुने श्रेष्ठले बताए।

‘सिसीपीसँग बलियो सत्तारुढ पार्टी निर्माण कसरी गर्न सकिन्छ भनेर छलफल हुन्छ’, उनले भने,’गोष्ठीमा दुवै पार्टीका अनुभवहरु आदनप्रदान हुन्छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org