विभाजनको संघारमा नेकपा :ओली र प्रचण्डबीचको छलफल नै अन्योल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच विवाद समाधानका लागि गर्ने भनिएको छलफल अन्यौलमा परेको छ।
एकता पूरा नहुँदै पार्टी विभाजनको संघारमा पुगेपछि दुई अध्यक्षबीच निर्णायक छलफलको तयारी गरिएको छ। तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सत्ताको नेतृत्वबाट राजीनामा दिने विषयमा थप छलफल गर्न अनिच्छुक रहेको सन्देश दिएपछि छलफल अन्यौलमा परेको हो।
‘राजीनामाको विषयमा हो भने छलफल गर्नु आवश्यक छैन भन्ने सन्देश प्रधानमन्त्रीका तर्फबाट आएको छ, प्रचण्डको सचिवालय स्रोतले भन्यो, शर्त राखेर छलफल गर्नुको औचित्य पनि नदेखिएकाले अहिलेसम्म भेटको समय तय भएको छैन।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अहिलेसम्म दुई अध्यक्षबीच भेटवार्ताको कार्यक्रम तय नभएको बताए। पार्टी एकतामा गम्भीर खतरा पैदा भएकाले दुई अध्यक्ष र अन्य शीर्ष तहमा छलफल गर्न आवश्यक रहेको भन्दै हिजो पार्टीको जारी स्थायी कमिटी बैठक भोलीसम्मका स्थगित गरिएको थियो।
त्यसपछि अध्यक्ष प्रचण्डले पार्टी फुट्न नदिन आफूले आज पहल गर्ने बताएका थिए। असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीलाई सत्ता र पार्टी दुवैको नेतृत्वबाट राजीनामा दिन दबाब बढाएका छन्। तर प्रधानमन्त्री ओली तत्काल दुवै पद छाड्न तयार नभएपछि पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको हो। दुई अध्यक्षबीच छलफल नभएपनि दुवै जना आफू निकटका नेताहरुसँग आन्तरिक परामर्शमा रहेको बुझिएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...