ताजा समाचार

नेकपामा विवाद चुलिरहँदा, बढ्यो चिनियाँ राजदूत यान्छीको सक्रियता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

उनले आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

यसअघि  वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतलाई भेटेकी थिइन् ।

अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org