ताजा समाचार

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताएका छन्।

​पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। सो द्वार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो।  पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरूलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी विकास गर्न लागिएको मन्त्री भट्टराईले बताए। त्यसका लागि पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरूको पुनःनिर्माण गर्ने र सरसफाईमा ध्यान दिने कामहरु बाँकी रहेको पनि उनले उल्लेख गरे।

पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने पनि उनले बताए।  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यमा कायम गरिने बताए ।

उनले विश्वमा नै हिन्दुहरुको प्रमुख तीर्थस्थलको केन्द्र र पर्यटकहरूका लागि आकर्षणको केन्द्रका रुपमा पशुपति क्षेत्रलाई विकास गरिएको दावी गरे। एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेशद्वार निर्माण गर्न पाउँदा खुशी लागेको बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org