ताजा समाचार

चिनियाँ राजदुत यान्छीको सक्रियतामाथि योगेशको चार प्रश्न

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले चिनियाँ राजदुत होउ यान्छीको सक्रियताप्रति आफ्नो धारणा राखेका छन्।

चिनियाँ राजदुत यान्छीप्रति लक्षित गर्दै मन्त्री भट्टराईले अरुको कुरा सुन्न राम्रो भएको र मान्ने नमान्ने अधिकार आफ्नो भएको बताएका छन्।

बुधवार मन्त्री भट्टराईले समाजिक सञ्जालमार्फत चार प्रश्न गरेका छन्। उनले भारतलाई लक्षित गर्दै पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाएकोसमेत उल्लेख गरेका छन्।

अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठीक भन्दै प्रश्न गरेका हुन्।

भट्टराईका चार प्रश्न 
-संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भभाव राख्नु ठिक ?

-पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाव राख्नु ठिक ?

-नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?

-पार्टी-पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धृप्रति सद्भाव राख्नु ठिक ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org