ओली–प्रचण्ड वान टु वान वार्ता, सहमति खोज्ने प्रयास जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) पनि भेटवार्ता गर्दैछन् ।
हिजो प्रधानमन्त्री ओली थकित र गलित देखिएकाले छलफलमा विषय प्रवेश हुन सकेको थिएन ।
आज पुरानै विषयमा सहमति खोज्ने प्रयास गरिने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीच ११ बजेपछि भेटवार्ता तय गरिएको सापकोटाको भनाइ छ ।
स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरूद्ध रहँदै आएको छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो ।
यसबीचमा पार्टीको आन्तरिक संकट व्यवस्थापनका लागि दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि सफल हुन सकेको छैन । स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौंपटक एक्लाएक्लै (वान अन वान) वार्ता बस्दै छन् ।
तर, उनीहरूबीच पुरानै रटान कायमै छ । पार्टी अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा थिए । सहमतिका लागि एक पद छाड्न गरेको आग्रह पनि ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्न नसक्ने अडानमा दृढतापूर्वक उभिँदै आएका छन् ।
Comments
अरु समाचार
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...