ताजा समाचार

विप्लव नेकपाका सेती – महाकाली इञ्चार्ज पुन पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।

विप्लव नेकपाका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले विप्लव नेकपाका एक नेता पक्राउ परेको र सदरमुकाम ल्याउने काम भइरहेको जनाएको छ । विप्लव नेकपा निकट स्रोतले पुनलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org