ताजा समाचार

बालुवाटार त्रिपक्षिय बैठकबाट बाहिरिए नेपाल, अध्यक्षद्वय छलफलमै

बालुवाटार बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीको राजीनामामै अड्कियो गाँठो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्‍न पुगेको छ ।

तीनजनाको बैठक भए पनि माधव नेपाल केही बेरअघि बैठकबाट बाहिरिएको थिए । नेपाल बाहिरिएपछि दुई अध्यक्षले केहीबेर कुराकानी गरेको भए पनि प्रधानमन्त्री ओलीकै राजीनामामा कुरा अड्किएको एक नेताले बताए ।

स्रोतका अनुसार प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन भनेका थिए । प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएपछि बैठक सकिएको हो ।

तीन नेताको बैठक पनि निष्कर्षविहीन बनेपछि भोलिको स्थायी कमिटी बैठक थप अन्योल बनेको छ ।

आजै बिहान प्रचण्डसहित बहुसंख्यक सचिवालय सदस्य खुमलटारमा भेला भएका थिए । प्रचण्डनिवास खुमलटारमा भएको भेलाले स्थायी कमिटी बैठक नरोक्ने छलफल गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org