ताजा समाचार

वरिष्ठ नेता नेपाल र उपप्रधानमन्त्री पोखरेलबीच धुम्बाराही छलफलमा

काठमाडाैँ । बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफललगत्तै वरिष्ठ नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।

ओली, नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बिहीबार भएको छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

धुम्बाराही पार्टी कार्यालयमा नेपालले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । केहीबेर अघिदेखि दुई नेताबीच छलफल सुरु भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान प्रचण्ड र नेपालले राखेपछि बालुवाटारमा भएको छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

ओलीले दुवै पदबाट राजीनामा नदिने जवाफ दिएका थिए । स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद समाधान गर्न दुई अध्यक्षबीच पटक–पटक भएको छलफल र आज त्रिपक्षीय छलफल भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org