ताजा समाचार

धरानमा एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडाैँ । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो। उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org