ताजा समाचार

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेर शनिबार सचिवालय बैठक बोलाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए। दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन। विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन।

सहमतिका लागि भन्दै पटक/पटक बैठक स्थगित हुँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org