ताजा समाचार

नेपालमा कोरोना संक्रमणबाट फेरि मृत्यु, मृतककाे संख्या ४३

काठमाडाैँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो।

कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे। मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो।

‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो,’ पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले भने।

याेसँग नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org