ताजा समाचार

पूर्वडीआईजी कोइरालालाई रिसिभ गर्न पुगेकी प्रेमिका ताराले भनिन्ः “हाम्रो विवाह भैसक्यो”

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।

श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार थुनामुक्त भएका हुन् ।

कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छिन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी रञ्जनलाई लिन कारागार पुगेकी ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् ।

कारागार बाहिर  कुरा गर्दै उनले भनिन्, ‘हाम्रो विवाह भैसक्यो ।’ औपचारिक विवाहको प्रसङ्गमा उनी हाँसिन् ।

यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।

श्रीमती हत्या अभियोगमा रन्जन ०६८ माघ ८ गते पक्राउ परेका थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले हत्कडी लगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org