ताजा समाचार

रञ्‍जनको सजाय छुटविरुद्धको रिट पेसीमा चढ्यो

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरूद्ध परेको पुनरावलोकन निवेदन पेसीमा परेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा निवेदनमाथि आज सुनुवाइ हुनेछ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले पत्‍नीको हत्या गर्ने रञ्‍जन कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।

असार १५ गते कोइरालालाई साढे ८ वर्ष कैद सजाय गर्दा सजायको मक्सद पूरा हुने फैसला गरेपछि महान्यायाधिवक्ता कार्यालयले सो फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गराएको थियो  । इजलासले फैसला पुनरावलोकनका लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्‍नी टीका ढकालको हत्या गरी मकवानपुरको टिस्टुङमा लगेर शव जलाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org