ताजा समाचार

कोरोना संक्रमणबाट तीनजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी थिए ।

धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

बाराका ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनला२ निमोनीया, मष्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org