ताजा समाचार

प्रहरी हेडक्वार्टरमै २७ प्रहरीमा कोरोना संक्रमण, सर्वसाधारणलाई प्रवेश निषेध

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो ३ दिनमा प्रहरी मुख्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । पहिलो दिन ४ जनामा संक्रमण देखिएको थियो भने त्यसपछि एकैदिन हिजो २३ जनामा संक्रमण देखिएको हो ।

प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।  तर एकदम जरुरी परेकालाई भने प्रवेशमा अनुमति रहेको एआईजी शाहीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org