ताजा समाचार

नेकपा स्थायी कमिटी स्थगित बैठक सुचारु गर्न प्रचण्ड बालुवाटार

काठमाडौं । नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी बैठक रोकेको भन्दै सुचारु गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

उनीसँगै झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बालुवाटार पुगेका छन् । सोमबार प्रचण्डसहितका इतर समूहले स्थायी कमिटी नरोक्ने निष्कर्ष निकालेका थिए । मंगलबार बिहानसम्म दुई अध्यक्षबीच कुनै संवाद हुन नसकेपछि बैठक अनिश्चितकालसम्म रोकिएको थियो ।

अहिले अर्को पक्ष बैठक गर्ने भन्दै बालुवाटार पुगेको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि बैठक बस्ने तयारी रहेको बुझेको बताएका छन् । सञ्चो नभएकाले रोकिएको जानकारी नपाएको र बैठक चल्ने थाहा पाएको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org