ताजा समाचार

स्थायी कमिटी बैठक सुरु,ओली निकट नेताहरुद्वारा बहिस्कार

काठमाडाैं । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलाैटी ढंगले स्थगन गरेपछि बैठक पुनः सुचारु भएको छ ।

बालुवाटारमा प्रचण्ड-नेपाल स्थायी कमिटी बैठक सुचारु गर्नेबारे सघन छलफलमा जुटेपछि फिर्ता गएका नेताहरुलाई फोन गरेर बोलाएर स्थायी कमिटी बैठक सुरु गरेका हुन् ।  बालुवाटार स्थायी कमिटी बैठकमा २५ जना सदस्त उपस्थित रहेका छन् । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय छ ।

प्रधानमन्त्री ओलीले बैठक एकलाैटी स्थगन गरेपछि नेकपा फुटको संघारमा पुगेको स्रोतको दाबी छ । प्रचण्ड-नेपाल समूहले बैठक सुचारु गरेपनि प्रधानमन्त्री निकट नेताहरु भने बैठक बहिस्कार गरेका छन् ।

बैठक कक्षमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सुरु भएको छ । प्रधानमन्त्री निकट साथीहरु निस्किनुभएको छ । प्रधानमन्त्रीले एकलाैटी गरेर बैठक स्थगन गरेपनि बहुमत सदस्यहरु बैठकमा सहभागी भएका कारण बैठक बसेको छ । आवश्यक निकास दिन्छ होला  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org