ताजा समाचार

बालुवाटारमा ओली र प्रचण्डबीच चर्काचर्की

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।

करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो । ‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’

वार्ता सहमतितर्फ  नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।  सहभागी अर्का एक नेताकाअनुसार सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।

विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org