सेनाका ११ जनासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण
काठमाडाैँ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् .
मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुइर् जनामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका– १० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका ३५ वर्षीया महिला पनि छिन् ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...