ताजा समाचार

ओलीका प्रेस संयोजकलाई प्रचण्डका प्रेस संयोजकको जवाफ– गलत प्रचार नगरौँ, सत्य अर्कै छ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएपछि प्रचण्ड सचिवालयले खण्डन गरेको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बुधबार प्रचण्डसहित नेता र पत्रकारहरूबीचकाे भेटलाई गलत तरिकाले प्रचार गरिएकाे बताएका हुन् ।

‘त्यो प्रेस संगठन नेपालको भेला थिएन । मूलतः नेकपा बिटमा रिपोर्टिङ गरिरहेका पत्रकार साथीहरूसँगको भेटघाट थियो । बढी अनलाइनसँग सम्बद्ध साथीहरूको सहभागिता थियो’, सापकोटाले फेसबुकमा लेखेका छन्, ‘त्यो कार्यक्रम नेताहरूले प्रेस संगठन नेपाल भनेर एक शब्द पनि उच्चरण गर्नुभएको छैन । न त कुनै प्रेस संगठन नेपालका नेताहरू नै बोल्नुभएको थियो । बरू प्रेस संगठन नेपालको कमिटीमा आबद्ध साथीहरूलाई बोलाइएको थिएन । नेकपा बिटमा लेखिरहने साथीहरूलाई बोलाइएको थियो ।’

पत्रकार सम्मेलनमा नेताहरूले कुनै समूहविरुद्ध लेख्न अपिल नगरिएको समेत उनले उल्लेख गरेका छन् । ‘प्रचार गरिए जस्तो नेताहरूले कुनै समूह अथवा नेताविरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरू उहाँहरूको  चिन्ता थियो- ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन । उहाँहररूको भनाइको सार थियो- जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने विषयसँग सम्बन्धित संघर्ष हो’, सापकोटाले लेखेका छन्, ‘विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेताविरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।’

बिहीबार बिहान प्रधानमन्त्री प्रेस संयोजक थापाले फेसबुकमा एक पाेस्ट सेयर गर्दै प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org